Skip to main content

कैलारीमा मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन

Submitted by editor on
ईबिगुल संवाददाता
कैलारीमा मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन

धनगढी : मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन गरिएको छ । कैलालीको कैलारी गाउँपालिकामा सञ्चालित मुल्य श्रृंखलामा महिला कार्यक्रमको अनुगमन गरिएको हो । कैलारी गाउँपालिकाका विभिन्न सरोकारवालाहरुले कार्यक्रमको अनुगमन गरेका हुन् । 

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सप्रोस नेपाल द्धारा सञ्चालित कार्यक्रमको कैलारी गाउँपालिकाका विभिन्न शाखाहरुका प्रमुखहरुले अगुगमन गरेका हुन् । अनुगमनका क्रममा कार्यक्रमले सञ्चालन गरेका विभिन्न गतिविधिहरुको स्थलगत निरीषण गरिएको छ । सो क्रममा लाभग्राहीहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गरिएको हो । 

लाभग्राहीहरुले कार्यक्रमबाट प्राप्त सहयोगले आफुहरुको जीवनस्तरमा आएको परिवर्तन तथा आफुहरुले प्राप्त गरेको ज्ञानको बिषयमा सरोकारवालासँग अन्तरक्रिया गरेका थिए । सो क्रममा उनीहरुले कार्यक्रमले जिवनस्तर परिवर्तन गर्नमा मदत्त गरेको भन्दै यसलाई निरन्तरता दिलन आग्रह गरेका थिए । 

अनुगमनका क्रममा कैलारी गाउँपालिकाका विभिन्न शाखाहरुका प्रमुखहरुले आफुहरुले प्रदान गरिरहेको सेवा सुविधाहरुका विषयमा जानकारी दिदैं मुल्य श्रृंखलामा महिला कार्यक्रमको प्रभावकारीताको विषयमा पनि छलफल गरेका थिए । 

मुल्य श्रृंखलामा महिला कार्यक्रम अनन्तर्गत विपन्न महिलाहरुलाई कृषि तथा पशु पालन क्षेत्रमा आकर्षित गराउनुका साथै उनीहरुो उत्पादनको बजारीकरण तथा विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न गतिविधिहरु सञ्चालन हुदै आएका छन् ।