Skip to main content

सूचनाको हकको लागि राष्ट्रिय महासंघको अध्यक्षमा जोशी

Submitted by editor on
ईबिगुल संवाददाता
सूचनाको हकको लागि राष्ट्रिय महासंघको अध्यक्षमा जोशी

धनगढी : सूचनाको हकको लागि राष्ट्रिय महासंघ सुदूरपश्चिमको अध्यक्षमा नागरिककर्मी पुुष्पराज जोशी चयन भएका छन । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको भादा होमस्टेको सभाहलमा सम्पन्न पहिलो प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षमा प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

महासंघको उपाध्यक्षमा चन्द्रकान्त पनेरु र इन्द्रा दानपाली निर्वाचित भएका छन । त्यस्तै महासचिवमा निराजन परियार, सचिवमा मनिस बिक र सुशीला भट्ट, कोषाध्यक्षमा रसुता जैरु निर्वाचित भएका हुन् ।

सदस्यहरुमा देवराज बडु, निरज धामी, इन्द्रा धामी, विवेक नागरी, एकेन्द्र चन्द, ईश्वर जैसी, र अर्जुन सिंह सर्वसम्मत निर्वाचित भएका छन् । २१ सदस्यीय कार्यसमिति मध्य अन्य सदस्यहरुलाई कार्यसमितिले मनोनित गर्ने निर्णय भएको छ ।

नवनिर्वाचित कार्यसमितिले नागरिकको सूचनाको हक प्रत्याभूति हुने गरेर काम गर्ने अध्यक्ष जोशीले बताए । उनले संविधानले सुरक्षित गरेको सूचनाको हक कार्यान्वयनका लागि अभियाननै सञ्चालन गरिने बताउँदै यो अभियान नागरिक केन्द्रित हुने बताए ।