Skip to main content

कञ्चनपुर प्रहरीले पक्राउ गरेका पत्रकारको रिहाईको माग

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुर प्रहरीले पक्राउ गरेका पत्रकारको रिहाईको माग

धनगढी : साईबर क्राईमको मुद्धा परेको भन्दै कञ्चनपुर प्रहरीले शनिबार पक्राउ गरेका दुुई जना पत्रकारहरुलाई रिहाईका लागि पत्रकारका विभिन्न संघ संगठनले माग गरेका छन ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका महासचिव रोसन पुरी, नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव रामसिह ठगुन्ना, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सचिव राजेन्द्र सिह अवस्थी, प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट, प्रेस चौतारी कञ्चनपुर जिल्ला समितिका सचिव मदन गिरि, नेपाल प्रेस युनीयन कञ्चनपुर शाखाका देबेन्द्र खडका र प्रेस सेन्टर कञ्चनपुरका सचिव भाष्कर केसीले छुट्टाछट्टुै प्रेस विज्ञप्ती प्रकाशित गर्दै पत्रकारहरुको यथासीघ्र रिहाईको माग गरेका छन । 

सबै विज्ञप्तीमा समाचार लेखेकै भरमा पत्रकार पक्राउ गर्न नपाउने र विद्युुतीय कारोबार ऐन २०६३ को दफा ४७ गलत प्रयोग भईरहेको उल्लेख छ । 

कञ्चनपुरका दई जना पत्रकार पुस्कर भट्ट र एश्वर्य कुवरलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । पत्रकार भट्टलाई जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट र एश्वर्य कुवरलाई उनकै निवास सुकासालबाट कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कञ्चनपुर प्रहरीका अनुसार दुुबै जना विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्दा (साईबर क्राईम) दर्ता गरिएको छ । कञ्चनपुर ७५(५०) नामक ब्यक्तिे मुद्धा दिएपछि दुुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले बताए ।

उनले जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार दुुबैलाई पक्राउ गरिएको बताए । ‘पत्रकार भनेर पक्राउ गरिएको होईन, साईबार ब्युरोमा कञ्चनपुर ७५ (५०) ले मुद्धा हालेको छ । दुुबैजना त्यही मुद्धाका प्रतिवादी भनेर पक्राउ गरिएको हो’ कञ्चनपुरका एसपी कमल थापाले भने । 

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट माउन्टेन टेलिभीजनका पत्रकार हुन भने कुवर महेन्द्रनगरबाट प्रकासित आभाषकुञ्ज दैनिकमा कार्यरत पत्रकार हुन । भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम पनि गर्दै आएका थिए ।

दुुबै जनालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।