Skip to main content

सुनौलो महाकाली यातायातको बस दुर्घटना : मृतक १० जना मध्ये एकजनाको सनाखत

Submitted by editor on
ईबिगुल संवाददाता
सुनौलो महाकाली यातायातको बस दुर्घटना : मृतक १० जना मध्ये एकजना को सनाखत

धनगढी : पूर्व पश्चिम राजमार्गको कपिलबस्तु जिल्लामा पर्ने शिवराज नगरपालिका–१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये १ जनाको मात्रै पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा रौतहत पहुरानी नगरपालिका वडा नं. ३ बस्ने नारायण बहादुर भण्डारी रहेका छन् । 

मृतक बाँकी ९ जनाको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । बाँकी घाइतेहरुको चन्द्रौटा स्थित विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । 

महेन्द्रनगबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु.प.प्र.०२००१ ख ००९८ नम्बरको बस राती १ बजे दुर्घटना भएको थियो । सडकबाट करीब १ मिटर तल बस खसेको र खबर पाए लगत्तै नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धार कार्यमा जुटेको थियो ।