Skip to main content

कैलालीमा ब्राउनसुगर सहित ४ जना युवक पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
ब्राउनसुुगर

धनगढी : कैलाली प्रहरीले ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ६ मटियारीबाट १५० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने २० वर्षका कोराघब चौधरीलाई बिहीबार दिउँसोतिर प्रहरीले पक्राउ गरेको हो । 

यस्तै कैलालीको गोदावरी नगरपालिका ८ स्याउले नजिकको भित्री सडक खण्डबाट ४१० मिलिग्राम खैरो हेरोईन सहित गोदावरी नगरपालिका ११ का २६ वर्षका दान बहादुर रानालाई पनि बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका १ जमरापारी टिकापुर बहुमुखी क्याम्पस नजिकबाट १ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन सहित सोही ठाउँ बस्ने बर्ष २० का सागर चौधरी र सोही ठाउँका बर्ष ३२ का राजकुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।