Skip to main content

सशस्त्र प्रहरीद्वारा ८ लाखको अवैध सामान सहित चार जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
सामान सहित ४ जना पक्राउ

धनगढी : सशस्त्र प्रहरी सीमा सीमा सुरक्षा बलले भारतबाट तस्करी गरि ल्याएको ठुलो परिमाणमा सामान सहित ४ जना पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रीनगरको टोलीले बुधबार झण्डै ८ लाख बराबरको सामान र तस्करीमा संलग्न भएको आरोपमा ४ जना महिला पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी नायब उपरीक्षक बिल बहादुर फोजुको कमाण्डमा खटिएको ७ जना सशस्त्र प्रहरीको टोलीले बिशेष सुराकीको आधारमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको ७ लाख ९८ हजार मुल्य बराबरको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले लेडिज सुट    १७२ थान, धोती साडी    १३२ थान, क्यापासिटर ५० थान, कुलर पम्प ६ थान, सहित विभिन्न मोटरपार्टस, विद्युतको सामान पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उक्त सामानको ७ लाख ९८ हजार मुल्यांकन गरेर कैलाली भन्सार कार्यालय बुुझाएको छ । 

सशस्त्र प्रहरीले उक्त सामान तस्करीमा संलग्न भएको आरोपमा धनगढी उपमहानगरपालिका २ का महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरीले फागुनको ६ गते यता मात्र १८ लाख ५६ हजार बराबरको सामान पक्राउ गरी भन्सार बुुझाएको र १ लाख ३७ हजार मुुल्य बराबरको अवैध कुखुरा र माछा बरामद गरी नष्ट गरेको जनाएको छ ।