Skip to main content

सत्ता समिकरण परिवर्तन हुने संकेत, गठबन्धनको बैठक स्थगित

Submitted by editor on
ऐजन्सीहरुको सहयोगमा
सत्ता समिकरण परिवर्तन हुने संकेत, गठबन्धनको बैठक स्थगित

काठमाडौं : आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र सुशाशन लगायतका विषयमा कुरा नमिलेपछि गठबन्धनमा तिक्तता आएको थियो । आपसी तिक्तता मेटाउन आज बिहानका लागि बैठक बोलाइएको थियो ।

टिआरसी विधयेक टुङ्ग्याउन दलहरुबीच पटकपटक छलफल भए पनि निस्कर्षमा पुग्न सकेको छैन । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले छुट्टाछुट्टै उम्मेद्वारी दिने तयारी गरेपछि गठबन्धनभित्र संकट उत्पन्न भएको हो । 

यही कारणले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली नजिकिएका छन् । प्रधानमन्त्री र ओलीबीच राष्ट्रियसभा अध्यक्षको चयन, टिआरसी विधयेक र नयाँ गठबन्धन बनाउनेबारे समेत पटकपटक छलफल भएको छ ।

गठबन्धनको बैठक स्थगित हुनु र बालकोटमा नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक बस्नुले सत्ता समिकरण परिवर्तन हुने संकेत देखिएको छ । प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति असन्तुष्ट बनेको कांग्रेस पछिल्लो समय उनीसँग सशंकित हुँदै आएको छ ।