Skip to main content

लागुऔषध नियन्त्रण ब्युरोको सफलता, ३४ ग्राम ब्राउन सुगर सहित कारोबारी पक्राउ

Submitted by editor on
शिवराज भट्ट
लागुऔषध नियन्त्रण ब्युरोको सफलता, ३४ ग्राम ब्राउन सुगर सहित कारोबारी पक्राउ

धनगढी  ः नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरेको छ ।

उनलाई ३४ ग्राम ब्रोउन सुगर सहित महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । शाहु लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेको प्रहरीलाई सूचना थियो । उनी यसअघि पनि लागुपदार्थ ओसारपसारमा कञ्चनपुर कारागार बसिसहेका ब्यक्ति हुन ।

प्रहरीले दिएको जानकारी अनुसार उनी बढीजसो काठमाण्डौंमा बस्ने गर्छन । एक÷दुुई महिनामा उनी महेन्द्रनगर आउछन । महेन्द्रनगर आएका बेला उनले भारतबाट ब्राउन सुगर ल्याएर महेन्द्रनगर देखि काठमाण्डौं सम्मका युवाहरुलाई बिक्रि गर्छन । 

उनको भारतको उधमसिह नगर जिल्लाको नानकमत्ताका ब्राउन सुगर कारोबारीसँग ‘कनेक्सन’ छ । सञ्जुबाबा नाम गरेका नानकमत्ताका कारोबारीबाट उनले बुुधबार ३४ ग्राम खैरो हिरोईन किनेर ल्याएका हुन । 

‘हामीलाई उनी महेन्द्रनगर आएको खबर आएको थियो । हाम्रो टीम उसको खोजीमा हिड्यो । बुधबार उ बनबसातिर गएको थियो । उसले बुधबार नै नानकमत्ता गएर ब्राउन सुुगर ल्याएको रहेछ । हामीले महाकाली नदी किनारको भाईरल रोड क्षेत्रमा उसलाई ढुकीरहेका थियौं । उ आयो, हामीले उसको पिछा ग¥यौं, बसपार्क आसपासमा एक पटक  त उ गायब भयो तर हामीले उसलाई पक्राउ गर्न सफल भयौं’ अप्रेशन कमाण्डर प्रहरी बरिष्ठ नायव निरिक्षक केशव जोशीले भने ।

उनले भारतको सीमा क्षेत्रमा ब्राउन सुगरका कारोबारीहरु बढेपछि नेपाल प्रहरीले पक्रिन नसक्ने बताए । ‘हामीले नेपाली सीमामा मात्र पक्रिन सक्ने हो, त्यसको भरपूर प्रयास गरिरहेका छौं’ जोशीले भने । 

पछिल्लो समय भारतका सीमा शहरहरुमा ब्राउन सुुगरका कारोबारी बढिरहेका छन । बनबसा, खटिमा, नाकमत्ता, गौरीफन्टा, पलियाकला, बेलौरी पारीको सीमा क्षेत्रमा कारोबारीहरु बढिरहेका हुन । 

भारतमा १५÷१६ सय भारुको एक ग्राममा पाउने ब्राउन सुगर नेपालमा आएपछि १० हजार ग्राम सम्म विक्रि हुने गरेको छ । १० मिलिग्रामको एक ‘डोज’ बनाउने र नेपाली युवाहरुबीच त्यो ‘डोज’ एक हजार नेपाली रुपैयाँमा विक्रि हुने गरेको छ । 

पक्राउ परेका शाहुको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उसबाट बरामद मोबाईलका आधारमा नेपालका अरु कारोबारी पनि पक्राउ गर्न सकिने प्रहरीले जनाएको छ ।