Skip to main content

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

Submitted by editor on
ईबिगुल संवाददाता
इलाम–२ मा  एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा एमालेले इलाम–२ मा उम्मेदवारी दर्ता गराएको छ । सत्ता साझेदार दल एमालेले सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ । 

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ । अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता आज साँझ ५ बजेसम्म उम्मेदवार दर्ता गर्न समय तोकिएको छ । आयोगले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने जनाएको छ ।