Skip to main content

कञ्चनपुरमा गएराती दुर्घटना गरेर भागेको ट्याक्टर अझै फेला परेन

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुरमा गएराती दुर्घटना गरेर भागेको ट्याक्टर अझै फेला परेन

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा गएराती मोटरसाईकलाई ठक्कर दिएर भागेको ट्याक्टर अझै फेला परेको छैन । 

हरियो रंगको तर नम्बर खुल्न नसकेको ट्याक्टर, गए राती साढे १० बजेतिर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका २६ वर्षिय महेश सिह कार्कीले चलाई रहेको म २ प ३५३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर भागेको थियो ।

ट्याक्टरले ठक्कर दिएपछि महेश कार्की र मोटरसाईकल पछाडि बसेका १५ वर्षका विराट कार्की घाईते भएका छन । महेशको खट्टुा तीन ठाउँमा भाँचिएको छ भने उनको दाँया हात पनि भाँचिएको छ । पछाडि बसेका विराट कार्कीको पनि दायाँ हात भाँचिएको आफन्त कासिसिह विष्टले बताए । 

थ्रेसर बोकेर गईरहेको ट्याक्टर चालकले अनियन्त्रीत भएर चलाईरहेको र ठक्कर दिएपछि भागेको घाईतेहरुले बताएका छन । महेश कार्की, उल्टाखाममा रहेको आफ्नो फुपुको घरमा खाना खाएर फूपुुको छोरा विराटसँगै बागफाटा सिथत आफ्नो घर फर्किरहेका बेला दुर्घटना भएको हो । घाईते दुबैजनालाई सेती प्रादेशीक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।