Skip to main content

कञ्चनपुरमा सामुदायीक बनकै सचिव काठ तस्करीमा

Submitted by editor on
ईबिगुल संवाददाता
कञ्चनपुरमा सामुदायीक बनकै सचिव काठ तस्करीमा

धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन । 
कृष्णपुर नगरपालिका–१ मा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्त काठ सहित पक्राउ परेका हुन् । उनलाई अवैध काठसहित शुक्रबार पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । पन्तले अवैध रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत ढकालले बताए । अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।