Skip to main content

सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त

धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा एक सदस्य पदमुक्त भएकी छन् ।

सभामुख भीम भण्डारीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त भएको सूचना टाँसेका छन्।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सोमबार सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्।