Skip to main content

नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य हटाएकोप्रति काँग्रेसको चिन्ता

Submitted by editor on
बाख्रो खाएको भन्दा बाघ पल्केको काँग्रेसको प्रतिक्रिया
विक्राम सिह धामी

धनगढी : नागरिक उन्मुक्ति पार्टीले प्रदेस सभा सदस्य ईन्द्रा गिरिलाई हटाएको प्रति काँग्रेसले चासो दिएको छ । काँग्रेसका प्रमुख सचेतक विक्राम सिह धामी सहितका काँग्रेसका प्रदेश सभा सदस्यहरुले मंगलबार यसबारे सभामुख भीमबहादुर भण्डारीको ध्यानाकर्षण गरेका छन ।

काँग्रेसका प्रमुख सचेतक धामी सहितका प्रदेश सभा सदस्यहरु, नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य बोकेर सभामुखलाई भेटन गएका हुन । काँग्रेस संसदीय दलले यसलाई बाख्रो खाएको भन्दा बाघ पल्केको संज्ञा दिएको छ ।

‘यसमा बाख्रो खाएको चिन्ता होईन, बाघ पल्केको चिन्ता हो । कुनै पार्टीले सभामुखलाई पत्र लेखेर सांसद हटाउन थालेपछि सांसदको पदको सरक्षा नै भएन नी’ सभामुख भीम बहादुर भण्डारीलाई भेटेर आएपछि पत्रकाहरुलाई प्रतिक्रिया दिदै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बिक्रम सिह धामीले भने । ‘हामीले यस बारेमा सभामुख ज्यूको ध्यानाकर्षण गराएका छौं ।’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता चौधरीले समानुपातिक प्रदेश सभा सदस्य ईन्द्रा  गिरिलाई हटाउने पत्र पठाएपछि सोमबार संसद सचिवालयले उनको पद रिक्त भएको सूचना टाँस गरेको थियो ।

उन्मुक्तिकी अध्यक्ष रञ्जीताले सोमबार संसदीय दलका नेता धनश्याम चौधरीलाई पनि पदमुक्त गरेर उनको स्थानमा कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी दिएकी छन । त्यसपछि नागरिक उन्मुक्ति र काँग्रेसभीत्र हलचल मचिएको छ ।

तर सभामुख भीम बहादुर भण्डारीले राजनीतिक दल सम्बन्धि ऐन अनुसार नै आफुले प्रदेश सभा सदस्य ईन्द्रा गिरिको पद रिक्त भएको सूचना टाँस गराएको प्रतिक्रिया दिए । ‘सबै कुरा ऐन नियम अनुसार हुन्छ, संसद सचिवालयले त्यो प्रकृया ऐनमा टेकेर गरेको छ’ उनले भने ।