धनगढ : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको गेटामा निर्माण भईरहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अबिलम्ब ऐन निर्माण गरेर कलेज र अस्पताल पूर्ण रुपमा सञ्चालनको माग गरेको छ ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको चैत २४ गते बसेको प्रदेश कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले यस्तो माग गरेको हो । पार्टीका प्रचार तथा प्रसार विभाग प्रमुख भागरथी विष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमालेले बैठकका निर्णय सार्वजनिक गरेको हो ।
समसामयीक प्रस्ताव पास गर्दै यस्तो निर्णय गरेको हो । गेटामा विगत एक दलक देखि ६ अर्व बढीका पुर्वाधार बनिसकेका छन भने गतवर्ष देखि एक सय शैयाको अस्पताल पनि सञ्चालनमा आएको छ । तर सरकारले त्यसको सञ्चालनको ‘मोडालीटि’ नबनाएकाले त्यो लगानी खेर गईरहेको छ ।
एमालेले सेती लोकमार्ग र महाकाली करिडोरमा बजेट कम विनियोजन गरेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ । उसले धनगढीमा सडक निर्माण भईरहेका कारण यातातात सञ्चालनमा असहजता भईरहेको भन्दै छिटो निर्माणको आग्रह समेत गरेको छ ।
बैठकले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त बाँकी क्याम्पसहरुलाई पनि आंगिक बनाउन माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशको ७५ वर्षको अवसरमा २०८१ सालको बैशाख १० गतेका दिनलाई ‘हिरक महोत्सव’ का रुपमा बनाउने पनि प्रदेश कमिटीले निर्णय गरेको छ ।
बैठकले जिल्ला र स्थानीय कमिटीका अधिवेशनहरुको मिति तोकि सकिएकाले २०८१ को जेठ मसान्तभीत्र सबै अधिवेशनहरु सक्न पनि निर्देशन गरेको छ । बझाङको उप निर्वाचनमा एमालेका उमेदवार जिताउन प्रदेशभरीको ५०१ सदस्यीय निर्वाचन सहयोग समिति पनि गठन गरेको छ ।
बैठकले विभिन्न विभागका ईञ्चार्जहरु तोकेको छ भने स्थानीय तहर २३ वटा विभागका ईञ्चार्ज पनि तोकेको छ । बैठकले समाजवादी र माओवादीबाट पार्टी प्रवेश गरेका २३ जनालाई प्रदेश कमिटीमा मनोनयनको प्रस्ताव केन्द्रिय कमिटीमा पठाउने निर्णय पनि गरेको छ ।
प्रदेश सभाको बैठक प्रदेश अध्यक्ष कृष्ण जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।