Skip to main content

सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन निमार्ण गर्न एमालेको माग

Submitted by editor on
शिवराज भट्ट
सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन निमार्ण गर्न एमालेको माग

धनगढ : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको गेटामा निर्माण भईरहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अबिलम्ब ऐन निर्माण गरेर कलेज र अस्पताल पूर्ण रुपमा सञ्चालनको माग गरेको छ । 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको चैत २४ गते बसेको प्रदेश कमिटीको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले यस्तो माग गरेको हो । पार्टीका प्रचार तथा प्रसार विभाग प्रमुख भागरथी विष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमालेले बैठकका निर्णय सार्वजनिक गरेको हो । 

समसामयीक प्रस्ताव पास गर्दै यस्तो निर्णय गरेको हो । गेटामा विगत एक दलक देखि ६ अर्व बढीका पुर्वाधार बनिसकेका छन भने गतवर्ष देखि एक सय शैयाको अस्पताल पनि सञ्चालनमा आएको छ । तर सरकारले त्यसको सञ्चालनको ‘मोडालीटि’ नबनाएकाले त्यो लगानी खेर गईरहेको छ ।

एमालेले सेती लोकमार्ग र महाकाली करिडोरमा बजेट कम विनियोजन गरेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ । उसले धनगढीमा सडक निर्माण भईरहेका कारण यातातात सञ्चालनमा असहजता भईरहेको भन्दै छिटो निर्माणको आग्रह समेत गरेको छ ।

बैठकले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त बाँकी क्याम्पसहरुलाई पनि आंगिक बनाउन माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशको ७५ वर्षको अवसरमा  २०८१ सालको बैशाख १० गतेका दिनलाई ‘हिरक महोत्सव’ का रुपमा बनाउने पनि प्रदेश कमिटीले निर्णय गरेको छ । 

बैठकले जिल्ला र स्थानीय कमिटीका अधिवेशनहरुको मिति तोकि सकिएकाले २०८१ को जेठ मसान्तभीत्र सबै अधिवेशनहरु सक्न पनि निर्देशन गरेको छ । बझाङको उप निर्वाचनमा एमालेका उमेदवार जिताउन प्रदेशभरीको ५०१ सदस्यीय निर्वाचन सहयोग समिति पनि गठन गरेको छ । 

बैठकले विभिन्न विभागका ईञ्चार्जहरु तोकेको छ भने स्थानीय तहर २३ वटा विभागका ईञ्चार्ज पनि तोकेको छ । बैठकले समाजवादी र माओवादीबाट पार्टी प्रवेश गरेका २३ जनालाई प्रदेश कमिटीमा मनोनयनको प्रस्ताव केन्द्रिय कमिटीमा पठाउने निर्णय पनि गरेको छ । 
प्रदेश सभाको बैठक प्रदेश अध्यक्ष कृष्ण जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।