Skip to main content

कैलाश चौधरी भन्छन ‘मलाई २९ जना सांसदको समर्थन छ’

Submitted by editor on
शिवराज भट्ट
कैलाश चौधरी

तपाई सत्ता गठबन्धनको पक्षधर, समाजवादी कसरी फुत्कीयो ?
– होईन, समाजवादीको पनि मुख्यमन्त्रीमा दाबी थियो । शीर्ष नेताहरुले कतिबेला केही निर्णय गर्छन, कतिबेला केही । समाजवादीलाई दिने भनेपछि उसैलाई दिनुपथ्र्यो तर पछि हाम्रो भागमा परेछ । हाम्रो भागमा परेपछि समाजवादीका यताका नेताहरु रिसाए, काँग्रेससँग लागेछन । तर मेरो कुराकानी भईरहेको छ । अहिले प्रदेशमा गठबन्धन बाहिर गयो भने केन्द्रमा पनि प्रभाव पर्छ । त्यसैले मलाई आशा छ, मंगलबार सम्म समाजवादीका साथीहरु सत्ता गठबन्धनमै फर्किनु हुनेछ ।

भनेपछि, तपाईको पक्षमा आउछन भन्नु खोज्नु भएको ?
–एकदमै, मलाई समर्थन गर्नुहुन्छ । मलाई त्यो विश्वास छ । आफ्नो भाग काटेकाले शीर्ष नेताहरुलाई दबाब होस भनेर समाजवादीका स्थानीय साथीहरुले यस्तो गरेका हुनसक्छन । तर अन्तीममा आएर उनीहरु मलाई समर्थन गर्नहुन्छन भन्नेमा म विश्वस्त छु ।

तपाईको पार्टीबाट संसदीय दलका नेता भनेर तपाईको र अनी घनश्याम चौधरीको गरी दुई वटा नाम गएका छन । को हो के, दलको नेता ?
– म हु नी दलको नेता छ । हाम्रो पार्टीले धनश्याम जीलाई हटाएर मलाई दलको नेता बनाएको तपाईलाई नी थाहा छ नी । अनी नागरि उन्मुक्ति पार्टीको संसदीय दलको नेता म भएन त ?

संसदीय दलको नेता पार्टीले बनाउने हो र ? त्यो त बहुमत प्रदेश सभा सदस्यले चुन्ने होईन ?
–हो तर पार्टी भनेको केही होईन ? पार्टीको विधान छैन ? पार्टीबाट निर्वाचित भएका प्रदेश सभा सदस्यहरुले पार्टीको अध्यक्षले भनेको मान्नु पर्दैन ? पार्टी विधिबाट चल्नु पर्दैन ? 

तपाईले भनेको सबैमा मैले हो भनिदिए तर राजनीतिक दलसम्बन्धी ऐन छ, नियमावली छ, त्यस अनुसार होला त, सबै कुरा ?
–हाम्रो पार्टीेको विधानमा सबै कुरा पार्टी अध्यक्ष हो । हाम्रो पार्टीको विधानमा के पास भएको छ भने माथि जे सुकै लेखिएको भएपनि अध्यक्षले गरेको निर्णय अन्तिम र बहुमतले गरेको मानिने छ भनेर लेखिएको छ । हाम्रो पार्टीमा अध्यक्षले गरेको निर्णय अन्तिम निर्णय हो । त्यसैले पार्टीले मलाई संसदीय दलको नेता चुनेको छ । म नै संसदीय दलको नेता हुँ ।

आईतबार तपाईले पनि दाबी पेश गर्नुभएको छ, बहुमत पुग्छ त ?
–बहुमत नपुगको भएपछि मैले कसरी मुख्यमन्त्रीमा दाबी पेश गर्थे र ? मसँग माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र गरी २९ जनाको समर्थन छ । प्रदेशको मुख्यमन्त्री हुन २७ सदस्य बहुमत होईन ? मसँग २९ जनाको समर्थन छ ।

कसरी पत्याउने ? ५ जना रेशम चौधरीतिर छन । तपाईहरु २ जना मात्रै होईन ?
– रेशम चौधरी पार्टीको संस्थापक हुन । म उहाँलाई ईज्जत र सम्माना गर्छु । उहाँलाई हामीले संरक्षकको रुपमा सम्मान गर्दै आएका पनि छौं, यसपछि पनि गर्नेछौं । उहाँले जन्माएको पार्टी हो । उहाँको यस पार्टी जन्माउनमा महत्वपूर्ण योगदान छ तर पार्टी भनेको पार्टी हो । त्यसको विधान हुन्छ, हामी सबै त्यो विधान अनुसार चल्न बाध्य हुनुपर्छ । निर्वाचन आयोगले रेशम चौधरीलाई मान्यनता नदिएपछि त अहिले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी हो । संरक्षक एक सम्मान होला, तर पार्टी चलाउने, पार्टीमा निर्णय लागु हुने त अध्यक्षको होला नी ।

ल तपाई मुख्यमन्त्री नियुक्त हुनुभयो, तर विश्वासको मत दिने बेला रेशम पक्षका ५ जनाले मत हालेन भने कसरी बहुमत पुग्छ ?
–हाल्छन नी, दल सम्बन्धी ऐनमा पार्टीले ह्विप लगाउन सक्ने प्रावधान छ । पार्टीको ह्विप नलाग्ने सदस्यलाई कारवाही गर्न सक्ने प्रावधान छ । जे कानूनमा छ, त्यो अनुसार हुदैजाला नी ।
(कुराकानीका आधारमा)