Skip to main content

प्रदेश प्रमुखद्वारा समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

Submitted by editor on
ईबिगुल संवाददाता
प्रदेश प्रमुखद्वारा समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

धनगढी : प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन । उनलाई संविधानको धारा ६८(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । 

सोडारीले नेकपा माओवादीका ११, एमालेका १०, समाजवादीका ४, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी ३३ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । यद्यपी रेशम पक्षका घनश्याम चौधरीले संसदीय दलको नेता आफुरहेको भन्दै प्रदेश प्रमुख मियालाई पत्र बुझाएका छन ।

उन्मुक्तिका ५ जना प्रदेश सभा सदस्यले मत हाल्ने नहाल्ने विश्वासको मतका बेला मात्रै थाहा हुनेछ । तर ५ जनाले मत नहालेपनि सोडारीको पक्षमा सभामुख बाहेक २७ जनाको समर्थन रहने छ । बहुमतका लागि २७ जना मै आवश्यक पर्छ । यसअघि एमाले पात्र परिवर्तन गर्नुपर्ने अडान राख्दै आएको थियो । 

सोडारी विवादास्पद व्यक्ति भएको भन्दै एमालेले मुख्यमन्त्री बनाउन नसकिने बताउँदै आएको थियो । गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन बालकोटले ‘ग्रिन सिग्नल’ पाएपछि मात्रै समर्थन गरेको हो ।