Skip to main content

सुदूरपश्चिममा मुख्यमन्त्री सहितका केही मन्त्रीहरुको सपथ आज बेलुकी ७ बजे हुने

Submitted by editor on
ईबिगुल संवाददाता
सपथ हुने भ

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री सहित केही मन्त्रीहरुको आजै सपथ हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारीलाई नियुक्त गरेपछि आज बेलुकी ७ बजे प्रदेश प्रमुखको कार्यालयमा सथपग्रहण हुनेछ । 

मुख्यमन्त्री बाहेक नागरिक उन्मुक्ति र माओवादीबाट केही मन्त्रीहरुको पनि सपथ हुने बताईएको छ । यद्यपी कसलाई के मन्त्रालय दिने र को को मन्त्री हुने भन्ने कुरा दलहरुले अहिले नै खुलाएका छैनन । नेकपा एमालेले भने आज मन्त्री नपठाउने जनाएको छ ।