Skip to main content

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धी

Submitted by editor on
ईबिगुल संवाददाता
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धी

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । 

वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । निकुञ्ज कार्यालयले फागुन ५ देखि २२ गतेसम्म क्यामेरा ट्रयापिंङ बिधिबाट गरिएको गणना अनुसार २४ भाले र १७ पोथी तथा विश्लेषणका आधार थप ३ गरेर बाघको संख्या ४४ पुगेको जनाएको छ ।

दुई वर्षअघि गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा बाघको संख्या ३६ थियो । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जलाई २÷२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको थियो । 

१५ दिनसम्म राखिएका क्यामेरामा संकलन भएको तस्विरहरु विश्लेषण गरेर बाघको गणना गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।

दुई वर्षअघिको राष्ट्रिय गणनामा निकुञ्जको विस्तारित क्षेत्रमा बाघको विचरण देखिएको थिएन। तर यस पटक विस्तारित क्षेत्रमा पनि बाघको विचरण देखिएको छ ।