Skip to main content

प्रधानमन्त्री दाहाल भन्छन, ‘माधव नेपालका बारेमा धेरै बोल्न नलगाउनुस’

Submitted by editor on
‘यो राजनीतिक सत्ता समिकरण हो, यसमा बामपन्थी मात्रै छैनन, त्यसैले यसलाई बामएकताको अभ्यास भन्न मिल्दैन । राम्रो समझदारी बन्दै गयो भने भविष्यमा बामएकता पनि हुनसक्छ’
शिवराज भट्ट
 पनि हुनसक्छ’

धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सत्तासमिकरण बम एकताकोे अभ्यास नभएको बताएका छन । आज धनगढी विमानस्गलमा पत्रकारहरुसँगथ कुराकानी गर्दै उनले यस्तो बताएका हुन ।

‘यो राजनीतिक सत्ता समिकरण हो, यसमा बामपन्थी मात्रै छैनन, त्यसैले यसलाई बामएकताको अभ्यास भन्न मिल्दैन । राम्रो समझदारी बन्दै गयो भने भविष्यमा बामएकता पनि हुनसक्छ’ प्रधानमन्त्री दाहालले भने ।

सत्ता समिकरणमा समाजवादीको फरक मतका बारेमा गरिएका जिज्ञासामा उनले वर्तमान सत्ता समीकरण पूरा अवधि जाने दाबी गरे । ‘यो गठबन्धन अबको चार वर्ष पुरै जान्छ, यसमा तपाईहरु ढुक्क हुनुुस तर माधव जीका बारेमा मलाई धेरै बोल्न नलगाउनुस’ दाहालले भने । उनले राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या नभएको बताए ।

प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताए ।  ‘नीति तथा कार्यक्रम तयार नै भईसक्यो, बजेट बन्ने तयारीमा छ । यसपालीको नीति तथा कार्यक्रम र बजेट परम्परागन हुदैन । वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको छ’ दाहालले भने ।

पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए । साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, उनले भने । ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’  

प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैँले आयोजना गर्न लागेको जानकारी दिए । प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहका लागि कञ्चनपुर पुगेका छन ।