Skip to main content

५ जना प्रदेश सांसदलाई रञ्जीता को चेतावनी ‘सांसद हटने चाहना हो भने नफर्के हुन्छ’

Submitted by editor on
उनले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले पाएको सुदूरपश्चिमको मुख्यमन्त्री पद छोडनुपरको बताईन ।
ईबिगुल संवाददाता
बताईन ।

धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटने चाहना हो भने आफुले त्यसको स्वागतै गर्ने बताएकी छिन । आईतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन ।

‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन । पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु’ रञ्जीताले भनिन । नागरिक उन्मुक्तिभीत्र विवाद भएपछि उसका ७ जना मध्ये ५ जना कमल बहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए । 

पत्रकारहरुले ५ जनालाई कारवाही हुन्छ त ? भनेको प्र्रश्नमा उनले थपिन, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो । राजनीतक दल सम्बन्धि कानून छ । दलको विधान छ । दलबिहीन भयो भने के हुन्छ भन्ने कुरा दफा÷दफावार लेखेको छ । साथीहरुको त्यही चाहना हो भने मेरो भन्नुके छ र ।’ 

उनले मुख्यमन्त्री दीर्घ सोडारीको सपथ कार्यक्रमबाट बाहिरिएकर गएकी प्रदेश सभा सदस्य टीका थापा भने सरकारमा आउने बताईन । ‘हाम्रो पार्टीको निर्णय बिभाग लिएर मन्त्रीमा सपथ लिने भन्ने थियो । तर टीका जीलाई विभाग नतोकि बिनाविभागीय बनाउन दोजिएको रहेछ । अब विभाग तोकिन्छ, उहाँले सपथ खानुहुन्छ’ रञ्जीताले भनिन ।

उनले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले पाएको सुदूरपश्चिमको मुख्यमन्त्री पद छोडनुपरको बताईन । ‘मैले गठबन्धन जोगाउनकै लागि एक कदम पछाडि हटेर पाएके मुख्यमन्त्रीको पद छोडनुप¥यो’ उनले भनिन ।