Skip to main content

प्रधानमन्त्री दाहालको दाबी, ‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन निर्माण द्रूत गतीमा’

Submitted by editor on
ईबिगुल संवाददाता
चिकित्सा विज्ञान विश्वविद्यालय

महेन्द्रनगर : प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए । कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको चौथौ दिक्षान्त समारोह सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।

‘यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ ’प्रधानमन्त्री दाहालले भने । ‘विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माण लगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन् ।’

यसअघि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठनभएको संघर्ष समितिले प्रधानमन्त्री दाहाललाई आउदो संसदको अधिवेशनमा विधेयक लैजान र ६सय सैय्याको अस्पताल सञ्चानलको मागगर्दै ज्ञापनपत्र बुझाएको थियो । 

प्रधानमन्त्रीले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो साबित हुने विश्वास व्यक्त गरे । उनले विश्वविद्यालयको प्राज्ञिक गुणस्तर उच्च राख्न राख्नुपर्ने बताए । सबैका लागि अध्ययन तथा अनुसन्धानको आकर्षणको केन्द्र विश्वविद्यालय बन्नुपर्नेमा उनको जोड थियो । 

विश्वविद्यालयको नेतृत्वले भौतिक एवं शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याए ।