Skip to main content

इलाम २ को मतगणना सुरू

Submitted by editor on
ईबिगुल संवाददाता
इलाममा मतगणना सुरू

विराटनगर :  इलाममा मतगणना सुरू भएको छ । सिटी हलमा गणना सुरू गरिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो । फाकफोकथुम सकेर चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी छ । इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन् ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो ।