Skip to main content

संसद बैठक अनिश्चितकालका लागि स्थगित, सोडारी विश्वासको मतलिन दोस्रो पटक पनि असफल

Submitted by editor on
एमाले सोडारीलाई विश्वासको मत नदिने दाउमा छ । एमाले संसदीय दलका नेता रावल र प्रमुख सचेतक पाल काठामाण्डौं प्रस्थान
शिवराज भट्ट
असफल

धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको छ । एमालेले बझाङबाट उप निर्वाचन जितेका प्रदेश सभा सदस्य दमन बहादुर भण्डारीको सपथ नहुँदासम्म विश्वासको मत नदिने भनेपछि सोडारीको दोस्रो पटकको विश्वासको मत लिने प्रयास पनि असफल भएको हो ।

सोडारीले शुक्रबार विश्वासको मत लिने भन्दै संसद बैठक बोलाईदिन सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका थिए । सभामुखले पनि शुक्रबार ५ बजेका लागि संसद बैठक आह्वान गरेका थिए । एमालेको अडानमा कारण शुत्रबारको बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आज (शनिबार) का लागि बोलाईएको बैठक पनि अर्को  सूचना नआउदासम्मका लागि स्थगित भएको छ । विश्वासको मतका बारेमा दलहरुका बीचमा सहमति भई नसकेका कारण शनिबारको बैठक पनि अर्को सूचना जारी नहुदासम्मका लागि स्थगित गरिएको प्रदेश सभाका सचिव देब बहादुर बोगटीले बताए ।

एमाले सुरुवात देखि नै सोडारीलाई विश्वासको मत नदिने पक्षमा देखिएको छ । सोडारी विवादास्पद पात्र भएको भन्दै एमालेले उनको नेतृत्वको सरकारलाई मुख्यमन्त्रीका लागि समर्थन गरेपनि सरकारमा भने नजाने निर्णय नै गरेको छ । अझ एमाले सोडारीले केन्द्रिय गठबन्धनलाई चुनौती दिदै काँग्रेस र उन्मुक्तिको रेशम पक्षसँग मिलेर रेशम पक्षका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री अघि सारेको भन्दै झनै चिढिएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलल र प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल दुबै जना सोडारीले सपथ लिने दिन शनिबार विहानै संघीय राजधानी गएका छन । दुबैजनालाई एमाले अध्यक्ष ओलीले बोलाएको बताईएको छ । एमाले अध्यक्ष ओलीलाई पनि सोडारी मुख्यमन्त्री भएको चित्त बुझेको छैन । एमालेले मुख्यमन्त्रीमा समर्थन गर्न अघि सोडारीको ठाउँमा समाजवादीकै अरु प्रदेश सभा सदस्यलाई अघि सार्न आग्रह गरेको थियो तर समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थाई कमिटिबाटै मुख्यमन्त्रीमा सोडारीको नाम पास गराएका थिए । 
अहिले सोडारीको विश्वासको मत एमाले र समाजवादीले प्रतिष्ठाको विषय बनाएका छन । 

सोडारी बैशाख ६ गते एमालेका १०, माओवादीका १०, समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीको रञ्जीता पक्षका २ र स्वतन्त्र १ गरी २७ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशमा बहुमत संख्या पनि २७ नै हो । बझाङमा एमाले जितेपछि अहिलेको गठबन्धनसँग २८ जनाको बहुमत हुनेछ ।