Skip to main content

महानगरका चालक समातिएपछि बालेनले भने–सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
बालेन्द्र शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । फोहोर बोक्ने महानगरका चारजना चालकलाई पक्राउ गरेको भन्दै मेयर बालेनले सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका हुन् ।

उनले त्यसका लागि जुध्न आफू तयार रहेको बताएका छन् । ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

केही समयअघि उनले महानगरको गाडी रोकेको भन्दै सिंहदरबार जलाउने अभिव्यक्ति सामाजिक सञ्जालबाट दिएका थिए ।