Skip to main content

नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने

Submitted by editor on
ईबिगुल संवाददाता
नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने

काठमाडौं : नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने भएको छ । यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको छ । 

नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार मनसुन आगमन अनुगमन बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो । 

नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।