Skip to main content

मधेश प्रदेशमा नयाँ सरकार, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

Submitted by editor on
ईबिगुल संवाददाता
शपथ ग्रहण

जनकपुरधाम  ः मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार विशेष समारोहका बीच प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

जनमत पार्टी नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ  र युवराज भट्टराई उद्योग,वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास,राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति,शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन् । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी छन् ।

यसैगरी नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।

एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन्। जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्यमन्त्री नियक्त भएकी हुन् ।  जनमत पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालय तत्काल मुख्यमन्त्री सतिशकुमार सिंहले नै सम्हाल्नेछन् ।