Skip to main content

माओवादीले टुंग्यायो मन्त्रीहरुको नाम, एमालेको पनि सरकारमा जाने संकेत

Submitted by editor on
एमाले उच्च स्रोतका अनुसार आज बेलुकीसम्म पनि एमाले पनि सरकारमा सहभागि हुने तयारीमा छ । स्रोतका अनुसार एमालेका प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल र प्रदेश सभा सदस्य बिरबहादुर थापा (पातल) मन्त्री हुने भएका छन ।
ईबिगुल संवाददाता
सरकार विस्तार

धनगढी : सुदूरपश्चिम सरकार विस्तार हुने भएको छ । नेकपा माओवादी (केन्द्र) बाट ओमविक्रम भाट (सरल) र अक्कल रावल मन्त्री हुने भएका छन । पार्टीको केन्द्रिय नेतृत्वले मन्त्रीहरुको टुंगो लगाएपछि प्रदेश सरकार विस्तारको ढोका खुलेको हो । 

नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएको डेढ महिनापछि सुदूरपश्चिममा सरकार विस्तार हुने संकेत देखिएको हो । सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि सरकार विस्तार हुने संकेत देखिएको हो ।

माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम बुझाउने तयारी गरेपनि एमालेले भने निर्णय गरिसकेको छैन । एमाले उच्च स्रोतका अनुसार आज बेलुकीसम्म पनि एमाले पनि सरकारमा सहभागि हुने तयारीमा छ । स्रोतका अनुसार एमालेका प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल र प्रदेश सभा सदस्य बिरबहादुर थापा (पातल) मन्त्री हुने भएका छन ।

स्रोतका अनुसार एमालेलाई आर्थिक मामिला र आन्तरिम मामिला मन्त्रालय दिने र माओवादीलाई सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयल दिने सहमतिको खाका बनेको छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल शनिबार काठमाण्डौं गएका छन । आज केन्द्रिय नेतृत्वसँग सरकारमा जाने छलफल भएको बताईएको छ ।

हाल मुख्यमन्त्री सोडारी नेतृत्वको मन्त्रीमण्डलमा नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् ।