Skip to main content

यी हुन, सुदूरपश्चिममा एमालेबाट मन्त्री हुने प्रदेश सभा सदस्य

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा एमाले

धनगढी : मुख्यमन्त्रीमा दीर्घ बहादुर सोडारी नियुक्त भएदेखि नै सरकारमा नजाने अडानमा रहेको नेकपा एमालेले अन्तत सरकारमा जाने भएको छ । उसले सरकारमा जाने मन्त्रीहरुको पनि निर्णय गरिसकेको छ ।

नेकपा एमाले स्रोतका अनुसार बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पाल, कञ्चनपुरबाट निर्वाचित बिरबहादुर थापा पातल र समानुपातिक प्रदेश सभा सदस्य हिरासिह सार्कीलाई मन्त्री बनाउने निर्णय भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावल शनिबार अध्यक्ष ओली भेटन गएका थिए । बालकोटले मन्त्रीहरुको टुंगो लगाएपछि एमाले संसदीय दलले पनि तीन जनालाई सरकारमा पठाउने निर्णय गर्ने तयारी गरेको छ ।

बैतडीबाट जितेका पाललाई आर्थिक मामिला मन्त्री, थापालाई आन्तरिक मामिला र सार्कीलाई विभाजन पछि भाग परेको मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ । 

माओवादीबाट २ जना मन्त्रीको शनिबार नै टुंगो लागेपनि मन्त्रालय विभाजन भएर तीन जना मन्त्री हुने भएपछि उसले थप एक जनाको टुंगो भने लगाउन सकेको छैन । थप १ जनाका लागि केही पुराना मन्त्रीहरु पनि ईच्छुक देखिएका बताईएको छ ।