Skip to main content

कैलालीको सुधार केन्द्रमा युवक मृत्यु प्रकरण –पक्राउ परेका १७ जना मध्ये १२ जना जेल चालान

Submitted by editor on
अदालतदले बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट, कृष्ण तिमलसिनालाई पुर्पक्षका लागि जेल पठाएको छ भने कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी र रोशन ऐर धरौटी तिर्न नसकेर जेल चलान भएका हुन ।
ईबिगुल संवाददाता
सुनिल शाही

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा सुधार केन्द्रमा भएको युवक हत्याकाण्डमा १२ जना जेल चालान भएका छन । बैशाख २५ गते खाना मिठो भएन भनेर सुधारगृहबाट बाहिर जान खोजका २५ वर्षीय सुनिल शाहीको कुटिकुटि हत्या गरिएको थियो । 

हत्या प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको थियो । पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन् । सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन् ।

यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अर्का एक जनालाई उमेर नपुगेका कारण सुधार केन्द्रमा राखिएको छ । जिल्ला अदालत कैलालीले घटनामा संलग्न भएको आरोपमा बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट, कृष्ण तिमलसिनालाई पुर्पक्षका लागि जेल पठाएको हो । 

यस्तै कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भएका हुन । सुधार केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख, सञ्चालक खत्री ७ लाख र दिनेश मन्नी ३ लाख धरौटी तिरेर छुटेका छन् । मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने एक जनाको उमेर नपुगेका कारण सुधार गृहमा राखिएको छ । 

घोडाघोडी नगरपालिका–४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षीय सुनील शाहीको मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्युभएको थियो । शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राति भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भित्र लगेर, सुधारगृहमा रहेका ८÷९ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको थियो ।

कुटपिट पछि राती नै ज्यान गुमाएका शाहीले छतबाट हाम फालेको भन्दै नक्कली घटना बनाउन खोजेको रहस्य खुलेको थियो ।