Skip to main content

अनैतीक क्रियाकलाप गरेको भन्दै दुई होटलबाट तीन महिला सहित ४ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
४जना पक्राउ

धनगढी :  कैलाली प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ गरेको छ । विहीबार वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उप– महानगरपालिका वडा नं. ०३ ट्राफिक चोक नजिकै रहेको बुढीनन्द होटेल र वडा नम्बर ८ धनगढी गाउँ स्थित संजीव होटेलबाट चार जना पक्राउ गरेको हो । 

प्रहरीले धनगढी उप–महानगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ की, गोदावरी नगरपालिका वडा नं. ०१ बस्ने बर्ष २२ की, जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं. ०८ बस्ने बर्ष २३ को र जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ०१ बस्ने बर्ष ३२ की महिला पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक कबिन्द्र बोहराले जानकारी दिए ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको र जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरि सार्वजनिक हित समेत बिरुद्धको कसूर सम्बन्धी मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।