Skip to main content

बैतडीको सिगासमा आगलागी हुँदा ८ पशुचौपाया मरे

Submitted by editor on
ईबिगुल संवाददाता
आगलागी

बैतडी : बैतडीमा एक घरमा आगलागी भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा शुक्रवार दिउँसो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार आगलागी हुँदा ८ पुशचौपाया जलेर मरेका छन् । भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केपछि उक्त आगो घरमा सल्किन गई आगलागी भएको हो ।

आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाँधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन् । यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले बताए ।

स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ३ लाख बढीको क्षति भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।