Skip to main content

जेष्ठ नागरिकको सकस– सिन्धुलीको बसाईसराई अहिले कसरी ल्याउनु

Submitted by editor on
‘सिन्धुलीको घर पनि काँ नेर थियो थाहा छैन, छोरी पनि कैलालीमै जन्माए, छोरीलाई झन केही थाहा छैन, अब बसाई सराई कसरी ल्याउने, कसले गई दिन्छ ।
ईबिगुल संवाददाता
खैमैन्टु माया तामाङ

धनगढी : ८५ वर्षकी खैमैन्टु माया तामाङ कैलालीको फूलवारीमा बस्छिन । जनकपुर अञ्चलको सिन्धुली जिल्ला, तत्कालिन त्रिपुरेश्वर गाउँपञ्चायतको नागरिकता भएकी उनले विहे गरेर कैलाली झरेको ४० वर्ष भन्दा बढी भयो । 

विक्रम सम्बत १९९६ कार्तिक १४ गते जन्मिएकी उनी बुवा आमाको एक्लो सन्तान हुन । बुवा लोथरे तामाङको नामबाट नागरिकता पाएकी उनले पनि एउटा मात्र छोरी पाईन । छोरी २ वषकै हुँदा श्रीमानको मृत्युभयो । उनले अनाथ छोरी हुर्काईन । कैलालीमै छोरीको विहे गरिन र उनीसँगै बसिन । कैलालीमा बस्दाबस्दै ८५ वर्ष उमेरकी खैमैन्टुमाया तामाङलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सिन्धुलीको बसाई सराई मागिएको छ ।

‘सिन्धुलीको घर पनि काँ नेर थियो थाहा छैन, छोरी पनि कैलालीमै जन्माए, छोरीलाई झन केही थाहा छैन, अब बसाई सराई कसरी ल्याउने, कसले गई दिन्छ । अनी कसरी थाहा हुन्छ की अहिले त्यहाँ कुन पालिका बनेको छ ? कसले मलाई चिनेर बसाई सराई बनाई दिन्छ ?’ तामाङले गुनासो गरिन ।

तामाङ जस्तै सामाजिक सुरक्षा भत्ता पाईरहेका तर बसाईसराई ल्याउनुपर्ने धेरै छन । प्रमुख जिल्ला अधीकारी धर्मेन्द्र कुमार मीश्र भन्छन, ‘राष्ट्रिय परिचय पत्र बनाउन चाहिले कागजपत्र त जसले पनि पुगाउनै पर्छ । हामीलाई पनि जेष्ठ नागरिकहरुले दुख पाईरहेको थाहा छ, देखिरहेका छौ, तर राज्यको नियम मान्नुको विकल्प छैन ।’