Skip to main content

आज सुदूरपश्चिम प्रदेशसभामा ३० अर्व बढीको प्रतिस्थापन बजेट प्रस्तुत हुने

Submitted by editor on
ईबिगुल संवाददाता
प्रतिस्थापन बजेट

धनगढी : लामो समयको बजेट सून्यताको अवस्थापछि आज सुदूरपश्चिम प्रदेश सरकारले झण्डै ३० अर्व बढीको बजेट ल्याउदै छ । आज ३ बजेको संसदमा आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले प्रतिस्थापन बजेट प्रस्तुत गर्नेछन । 

प्रदेश सरकारले २५ लाखभन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेर बजेट आउन लागेको हो ।

तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले अर्को बजेटको तयारी गरेको हो । निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेश गरेको थियो । तर पास हुन सकेको सकेन ।