Skip to main content

धनगढीको बसपार्कमा रहेको जिएस ट्रेडर्समा आगलागी, साढे दुई करोडको नोक्सान

Submitted by editor on
ईबिगुल संवाददाता
धनगढीको बसपार्कमा रहेको जिएस ट्रेडर्समा आगलागी, साढे दुई करोडको नोक्सान

धनगढी : कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ४ बसपार्कमा रहेको एक होलसेल पसलमा आगलागी भएको छ । विहीबार राती विद्युतको तार सर्ट भएर जिएस ट्रेडर्समा आगलागी भएको हो । आगलागीबाट पसलको भूईतलामा राखिएको सबै रेडिमेड सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताए ।

उक्त पसल होससेल ब्यवसायी श्यामकृष्ण खतिवडाको हो । पसलमा महंगामंहगा सामान राखिएको र जलेर सबै खरानी भएको अध्यक्ष पाण्डेले बताए । उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ । राति साढे ९ बजेतिर आगलागी भएको हो । पछि दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो ।

‘दमकल नभएको भए घरसमेत ध्वस्त हुने अवस्था थियो’ अध्यक्ष पाण्डेले भने । केही दिनदेखि नै विद्युतमा समस्या देखिन थालेपछि नेपाल विद्युत प्राधिकरणलाई जानकारी गराएका स्थानीयले बताएका छन । तर विद्युतमा सुधार हुन सकेको थिएन ।