Skip to main content

नेपाल पत्रकार महासंघको चुनाव– आज मनोनयन हुन सकेन

Submitted by editor on
ईबिगुल संवाददाता
मनोनयन विवाद

काठमाडौं  ः नेपाल पत्रकार महासंघको चुनावका लागि शनिबार हुने भनिएको उम्मेदवार मनोनयन विवादका कारण हुन नसकेपछि चुनाव अनिश्चित भएको छ । 

केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिकाभन्दा केही घण्टा ढिला गरी शुक्रबार राति आठ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरेको थियो । तर, सो नामावलीमा सक्रिय पत्रकारहरूको नाम काटिएको र गैरपत्रकार समावेश गरिएको भन्दै नेपाल प्रेस युनियनले शुक्रबार राति नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । 

युनियनको तालाबान्दीका कारण केन्द्रीय निर्वाचन समितिले असहज वातावरण भएको भन्दै उम्मेदवार मनोयन नहुने सूचना जारी गरेको छ । तर, २२ असारमा चुनाव गराउन समितिले प्रतिवद्धता जनाएको छ । 

उता युनियनले केन्द्रीय कार्यालयमा लगाएको ताला प्रेस चौतारी, प्रेस सेन्टरलगायतका संगठनका नेताहरूले  तोडेका छन् । उनीहरूले ताला तोडेपछि युनियनका नेता तथा कार्यकर्ताहरू फेरि महासंघको केन्द्रीय कार्यालय पुगेका थिए । त्यसपछि केही समय झडपको समेत स्थिति सिर्जना भएको थियो । 

उता युनियनले देशैभर महासंघका शाखा कार्यालयहरूमा तालाबन्दी गरेको छ । सक्रिय पत्रकारको नवीकरण नयाँ सदस्यता वितरण नगरिएसम्म यो चुनाव नस्वीकार्ने युनियनले चेतावनी दिएको छ । तर, चौतारी र सेन्टरले भने तोकिएकै मितिमा चुनाव हुनुपर्ने माग गरेका छन् ।