Skip to main content

धनगढीबाट २ किलो गाँजासहित ६५ वर्षिय बृद्ध पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
गाँजासहित एक जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट २ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । 

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले भारत संग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंह गाँजासहित पक्राउ परेका हुन् ।

सिंहलाई २ किलो गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।