Skip to main content

अन्तत फुटाईए चार मन्त्रालय, सञ्चारको जिम्मा हिरा सार्कीलाई

Submitted by editor on
ईबिगुल संवाददाता
चारवटा मन्त्रालय फुटाइएका छन

धनगढी : सुदूरपश्चिम प्रदेशका चारवटा मन्त्रालय फुटाइएका छन । सामाजिक विकास मन्त्रालयलाई फुटाएर, शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

यसअघिका सामाजिक विकास मन्त्री ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय दिईएको छ भने शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लक्ष्मि विकलाई दिईएको छ ।

यस्तै भौतिक पुर्वाधार विकास मन्त्रालयलाई पनि विभाजन गरेर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । यसअघिका भौतिक पुर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय र  जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी अक्कल रावललाई दिईएको छ ।

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई फुटाएर वन वातावरण तथा सहकारी मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाईएको छ । यस मन्त्रालयमा नेकपा एकीकृत समाजवादीकी माया पन्तलाई जिम्मेवारी तोकिएको छ । 

साविकको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट सहकारी निकालेर बन वाताववरण तथा सहकारी मन्त्रालय बनाईएको छ । जसको जिम्मेवारी एमालेका बीर बहादुर थापालाई तोकिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी भने एमालेका हिरा सिंह सार्कीलाई दिइएको छ । मन्त्रालय फुटाएर बिना विभागीय रहेको ५ मन्त्रीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।