Skip to main content

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लियो

Submitted by editor on
ईबिगुल संवाददाता
समर्थन फिर्ता

धनगढी : सुदूरपश्चिम प्रदेशामा नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिइएको छ । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ  । 

नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए । उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको पत्र दर्ता गरेको बताए ।

मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले फोनमार्फत जानकारी गराइएको उनले बताए । उनले भने, ‘हामीले मुख्यमन्त्री ज्यूलाई दिएको समर्थत फिर्ता लिएका छौ । आजका मितिबाट लागु हुने गरेर पत्र पठाएका हौं । मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्री ज्यूलाई फोनबाट जानकारी गराएका छौ ।’

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका हुन । एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले राजीनाको पत्र दर्ता गराएका हुन ।