Skip to main content

एमालेको समर्थन फिर्तापछि अल्पमतमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

Submitted by editor on
ईबिगुल संवाददाता
दीर्घ बहादुर सोडारी

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेका छन । नेकपा एमालेले उनलाई दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन ।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका मुख्यमन्त्री सोडारी आफ्नो पार्टीका ४, एमालेका ११, माओवादीका १०, नाउपाका २ र स्वतन्त्र १ जना गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमत (१७) मा परेका हुन । 

विहीबार एमालेका तीनै जनामन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा राजीनामा बुझाएका थिए । यद्यपी समाजवादीको महाधिवेशन भएकाले मुख्यमन्त्री सोडारी काठमाण्डौं गएका छन । मुख्यमन्त्री काठमाण्डौं गएपनि एमालेका मन्त्रीहरुले आ–आफ्नो राजीनामा आजैबाट लागुहुने गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयमा दर्ता गराएका छन ।

केन्द्रमा एमाले र काँग्रेसको गठबन्धन हुने भएपछि प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको हो । केन्द्रूमा भने बुधबार नै एमालेका मन्त्रीहरुले समर्थन फिर्ता लिईसकेका छन ।