Skip to main content

मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा

Submitted by editor on
ईबिगुल संवाददाता
भारी वर्षा

धनगढी : मनसुन सक्रिय भएसँगै सुदूरपश्चिममा भारी वर्षा भईरहेको छ । आज विहानै देखि सुदूरपश्चिमका पहाडि जिल्ला र तराईमा भारी वर्षा भईरहेको हो । 

वर्षाका कारण पहाडि जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन भने खोडपे– बझाङ सडकमा पनि ठाउँठाउँमा पहिरो आएको छ । मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायतका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । सुदूरपश्चिम प्रदेशलगायत केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ । 

शनिबार पनि सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।