Skip to main content

सुदूरपश्चिममा लगातार वर्षा, सेती, महाकाली र कर्णाली खतरा नजिक

Submitted by editor on
ईबिगुल संवाददाता
सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक

धनगढी :  लगातारको वर्षापछि सुदूरपश्चिमका तीन ठुला नदीको जलस्तर बढेको छ । सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेका छन । 

दार्चुला भएर बग्ने महाकाली नदीको जलस्तर बढेको छ । स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ भने बझाङ भएर बग्ने सेती नदीको जलस्तर पनि बढेको स्थानीय प्रशासनले जनाएको छ । 

पहाडि जिल्लामा लगातारको वर्षा पनि कर्णाली नदीको जलस्तर पनि खतरा नजिक पुगेको छ । लगातारको वर्षाले तराईको धेरै बस्ती जलमग्न भएका छन । बझाङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित भएको छ । 

जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुगां खसेपछि राजमार्ग अवरुद्ध भएको हो । जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।

तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुंगा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।

नदीको सतह बढेसँगै बाढीको खतरा हुने भएकोले सेती नदी र यसका सहायक खोलाको आसपास बस्नेलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभागको नदी सतह अनुगमन गर्ने वेबसाइटले दिउँसो १२ बजेर २० मिनेटमा सेती नदीमा पानीको सतह करिब तीन मिटरले बढेको जनाएको छ ।