Skip to main content

सुदूरपश्चिमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक

Submitted by editor on
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले बिहान १०ः३० मा वेबसाईट ह्याक भएको थाहा भएको बताए ।
ईबिगुल संवाददाता
तथा

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाईट ह्याक गरिएको छ । वेवसाईट ह्याक गरिएपछि अहिले हेर्न नमिल्ने भएको छ । 

आज बिहान १०ः३० बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको वेवसाइट ह्याक भएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले बिहान १०ः३० मा वेबसाईट ह्याक भएको थाहा भएको बताए ।

वेबसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए । वेवसाईट खोल्दा ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर लेखिएको देख्न सकिन्छ  । 

प्रदेश सरकारको वेवसाईट ह्याक गरिएपछि साईवर सुरक्षामा भने गम्भिर प्रश्न उठेको छ ।