Skip to main content

‘हरियाली धनगढी’ अन्तर्गत एकैदिनमा १७ सय ९५ विरुवा रोपण

Submitted by editor on
ईबिगुल संवाददाता
रोपिएका

धनगढी : हरियाली धनगढी कार्यक्रम अन्तर्गत शनिबार एकै दिनमा १७ सय ९५ विरुवा रोपिएका छन । धनगढी उपमहानगरपालिकाले शनिवार एकैपटक १७ सय ९५ बिरुवा रोपेको हो ।

धनगढीको क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिरसम्मको सडकको बीचभागमा वृक्षारोपण गरिएको हो । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षरोपणको उद्घाटन गरेकी हुन । 

वृहत् वृक्षारोपण गर्न विभिन्न वडा वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह तथा सर्वसाधारणको ठुलो सहभागिता रहेको थियो ।