Skip to main content

कञ्चनपुरमा डुुबेर बेपत्ता भएका दुई बालिकाको शव फेला

Submitted by editor on
ईबिगुल संवाददाता
 २ जनाको शव फेला

धनगढी : कञ्चनपरमा डुबेर वेपत्ता भएका तीन जना बालिका मध्ये २ जनाको शव फेला परेको छ । सुदूरपश्चिमका प्रहरी नायव महानिरिक्षक रविन्द्र केसीले १५ वर्षकी लक्ष्मी बोगटी र १६ वर्षकी सिर्जना बोगटीको शव फेला परेको जानकारि दिए ।

उनीसँगै बेपत्ता भएकी आरती बोगटी भने फेला परेकी छैनन । १२ वर्षकी अञ्जली बोगटी र तीनै जना पुर्नबास नगरपालिकाको वडा नम्बर ५ को ईटाभट्टा नजिकैको डुबान हेर्न गएका थिए ।

लक्ष्मी, सिर्जना र आरती पानीमा डुबेपछि १२ वर्षकी अञ्जलीले प्रहरीलाई खबर गरेकी थिईन । प्रहरीले खोजी गर्दा लक्ष्मी बोगटी र सृजना बोगटीको शव फेला परेको र आरती बोगटीको खोजी भईरहेको बताईएको छ ।