Skip to main content

नेकपा एमालेद्वारा विपदमा परेकाहरुलाई राहत र क्षतीपुर्तीको माग

Submitted by editor on
ईबिगुल संवाददाता
 तत्काल राहतको व्यवस्था गर्न

धनगढी : नेकपा एमाले प्रदेश कमिटि र सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा विपद्बाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

एमालेका प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी र संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बेग्लाबेग्दै विज्ञप्ती प्रकाशित गर्दै गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । 

दुबै विज्ञप्तीमा अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।  पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको थियो । तीन दिनमा  कञ्चनपुर र डडेल्धुरामा गरि पाँच जनाको ज्यान गुमाएका थिए भने दुई जना अझै बेपत्ता छन् ।  

बेपत्ताहरूको खोजीमा पनि सबै निकायले तदारुकता देखाउन उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । ‘बाढी र पहिरोबाट भएको भएको क्षतिको यकिन तथ्याङ्क संकलन गरि तत्काल उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग संसदीय दल माग गर्दछौं’ जारी विज्ञप्तीहरुमा भनिएको छ ।

सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको छ । त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की सङ्गीता धामीका सात महिने बालकको डुबेर मृत्यु भएको छ ।  

डडेल्धुराको पहिरामा परी परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको छ । एमाले प्रदेश कमिटि र संसदीय दलले मृतकको परिवारलाई क्षतीपूर्तीको माग समेत गरेको छ ।