Skip to main content

धनगढीमा छालामा घाउ बनाउने ‘नाईरोबी फ्लाई’ किराको आतंक (यसरी बच्ने)

Submitted by editor on
ईबिगुल संवाददाता
‘नाईरोबी फ्लाई’

धनगढी : वर्षायाम लागेसँगै धनगढीमा ‘नाईरोबी फ्लाई’ नामक किराको आतंक देखिन थालेको छ । मानिसको शरीरमा सम्पर्क भएपछि छाला पाक्ने समस्या देखिन लागेको चिकित्सकहरुले बताएका छन । 

मानव छालामा सम्पर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ । पेडरिन नामक उक्त रसायनले छालामा एलर्जी गराउने चिकित्सकहरु बताउछन । 
पेडेरिन भनेर चिनिने रसायनले छालामा जलन हुन सक्छ । जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुनेगर्छन । छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुको संक्रमणले घाउ बिग्रिन सक्ने पनि चिकित्सकहरुले जनाएका छन । 

जोगिने उपाय 
१. किरालाई हातले नछुने (यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस ।)
२. सुरक्षात्मक लुगा लगाउने ः (पुरा बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने गर्नुस ।) 
३. झुलको प्रयोग गर्नुहोस ः (रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्दछ ।) 
५. बाहिरी बत्ती घटाउनुहोस ः (किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ ।)
६. सफा वातावरण राख्नुहोस ः (आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ ।)
७) टोकेको ठाउँ वा सङ्क्रमण भएको भागलाई सफा गर्ने,  स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाह अनुसार  उपचार गर्ने ।