Skip to main content

ओलीलाई नेपालको कटाक्ष–‘अरुलाई लात्ताले हानेर नर्क पठाए, आफु स्वर्ग गए’

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
माधव कुमार नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा प्रधानमन्त्रीको खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले संसदमा प्रधानमन्त्री ओली नदेखेपछि खोजि गरेका हुन् ।

‘मैले प्रधानमन्त्रीज्यूलाई देखिराखेको छैन । उहाँले आफ्नो विश्वासको मत मागिरहनु भएको छ । तर, यो हलबाट उहाँ बेपत्ता हुनुहुन्छ । उहाँले सदनलाई महत्व नदिएको देखिन्छ । उहाँको निम्ति सबैभन्दा महत्वपूर्ण कुरो भनेको आजको सदनमा पूरा समय उपस्थिति आवश्यक थियो । सबैका विचारहरू र धारणाहरू सुन्ने धैर्यता राख्नुपथ्र्यो । अरुका वचनहरु सहन नसकेको ठान्नु भएको हो कि क्या हो । कसैका वचनहरू कटु निस्केका छैनन् । सबैका कर्णप्रिय नै  छन् । मेरा पनि कर्णप्रिय नै छन्’ उनले भने । ‘मैले उहाँको उपस्थिति मात्रै संझाउन खोजेको हुँ ।’

पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष ओली आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाएको टिप्पणी गरे । उनले भने ‘अघिल्लो दिन स्वर्ग गएपनि नर्क गएपनि सँगसँगै जाने वाचा गरे पनि भोलिपल्ट आफू स्वर्गतिर गएर अरूलाई लात्ताले हानेर नर्क पठाए ।’