Skip to main content

साउनको पहिलो सोमबार, बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुँईचो (फोटो फिचर)

Submitted by editor on
शिवराज भट्ट
बेहडाबाबा

धनगढी : आज साउनको पहिलो सोमबार, कैलालीको प्रसिद्ध बेहडाबाबा मन्दिरमा दर्शनार्थीहरुको घुँईचो लागेको छ । धनगढी उपमहानगर सहित आसपासका दर्शनार्थीहरु बेहडाबाबा मन्दिरमा आएका हुन । भारतीय दर्शनार्थीहरु पनि बेहडाबाबा पुगेका छन । 

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । 

साउनको सोमबार बेहडाबाबामा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको  धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । 

साउन महिनाको सोमबारका दिनमा धनगढीको शिवपुरी धाममा पनि दर्शनार्थीहरुको भीड लागेको छ । साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्रदान गरी व्रत समापन गर्ने विधि छ ।