Skip to main content

संसदीय समितिले मगायो यती एयरलायन्स दुर्घटनाको प्रतिवेदन

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
पर्यटन समिति

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका साथै आइकाओको रिपोर्टसहित बैठकमा उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिएको हो । 

इयू सेफ्ट लिष्टमा कति दिनभित्र नेपाल पर्छ भन्ने जानकारीसहित उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

बैठकले नेपाल एयरलायन्सलाई कोरियामा उडान भर्नका लागि भइरहेका कार्ययोजनासहित उपस्थित हुन पनि पर्यटनमन्त्रीलाई निर्देशन दिएको उनले बताए ।
त्यस्तै पोखरामा यती एयरलायन्सको विमान दुर्घटनापछि बनेको जाँचबुझ आयोगको प्रतिवेदन समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको सभापति यादवले बताए ।

त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयकको अवस्थाका बारेमा जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।